चीनको जनसंख्या उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण

एजेन्सी

सोमबार, ०९ साउन २०७९, ११ : १३
चीनको जनसंख्या उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण

काठमाडौं । चीनको जनसंख्या यो वर्ष उल्लेखनीय रूपमा घट्ने प्रक्षेपण गरिएको छ ।

चीन सरकार निकट ग्लोबल टाइम्सले हालै सार्वजनिक गरेको रिपोर्टका अनुसार सन् २०२१ मा चीनका धेरै प्रान्तहरूमा जन्मदर देशकै कम रहेको उल्लेख गरेको हाे । मध्य हुनान प्रान्तमा करिब ६० वर्षमा पहिलो पटक जन्मदर ५ लाख भन्दा तल झरेको उल्लेख गरिएको छ । दक्षिणी क्वाङतोङ प्रान्तमा मात्रै १ मिलियन भन्दा बढी नयाँ जन्म भएको छ ।

चीनमा जनसंख्या वृद्धिदर घटिरहेकोमा त्यसलाई उल्ट्याउन सरकारले संघर्ष गरिरहेको छ । बढ्दो महँगी र कामको दवावका कारण अधिकांश युवा-युवतीहरू सन्तान जन्माउन अनिच्छुक रहेको गरेको चिनियाँ संचार माध्यमले जनाएका छन् ।

सरकारले महिलाहरूलाई तीन वटा सन्तान जन्माउने अनुमति दिने कानून बनाएको भएपनि त्यसको प्रभाव भने देखिएको छैन् ।