काठमाडौं । रुस र युक्रेनबीच कालो सागर हुँदै अन्न निर्यात गर्ने सम्झौता भएको २४ घण्टामै युक्रेनको बन्दरगाह शहर ओडेसामा रुसले मिसाइल आक्रमण गरेको छ । युक्रेनको विदेश मन्त्रालयले यही आक्रमणका कारण यदि अन्न निर्यात सम्झौता कार्यान्वयन नभएमा त्यसको जिम्मेवार रुस हुने चेतावनी दिएको छ ।
युक्रेनी सेनाका अनुसार ओडेसामा चार मिसाइल प्रहार भएका थिए, तीमध्ये दुईवटालाई निष्कृय पारिएको थियो । दुई वटा क्यालिबर क्रुज मिसाइल भने बन्दरगाहमा खसे । युक्रेनले मिसाइल आक्रमणबाट क्षति पुगे पनि अन्न निर्यातको तयारी भने जारी छ ।
ओडेसाबाट मन्त्री बनेका ओलेक्सी गोन्चारेन्कोले रुसले बन्दरगाहमा आक्रमण गरेर सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘सम्झौता अनुसार रुसले कुनै पनि बन्दरगाहमा आक्रमण गर्ने छैन किनभने यसबाट निर्यात प्रभावित हुनसक्छ । यस आक्रमणको नतिजा के हुन्छ मलाई थाहा छैन तर अन्न ढुवानी गर्ने जहाजको आउ–जाउमा समस्या हुनसक्छ ।’
संयुक्त राष्ट्रसंघले आक्रमणको निन्दा गरेको छ र अन्न निर्यात सम्बन्धी सम्झौता लागू गर्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ साउन २०७९, ०७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसको क्यामचात्का क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने
रुसले गर्यो युक्रेनका धेरै ठाउँमा जुलाईयताकै ठूलो आक्रमण
रुसको सोची तेल केन्द्रमा युक्रेनी आक्रमण
ट्रम्पलाई रुसको जवाफ- सबैखाले प्रतिबन्धको सामना गर्ने सामर्थ्य राख्छौं
तालिवान शासकलाई मान्यता दिने पहिलो देश बन्यो रुस