थाइल्यान्डका प्रधानमन्त्रीले पाए दुईसय ५६ मत

एजेन्सी

शनिबार, ०७ साउन २०७९, १३ : २८
थाइल्यान्डका प्रधानमन्त्रीले  पाए  दुईसय ५६   मत

काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले विश्वासको मत पाएका छन् ।

शनिबार संसद्मा भएको मतदानमा उनले दुईसय ५६ मत पाएका थिए भने विपक्षमा दुई सय छ मत खसेको थियो ।अविश्वासको प्रस्तावमा विपक्षी दलले प्रधानमन्त्रीसँगै निशाना बनाएका १० जना मन्त्रिपरिषद्का सदस्यको पद पनि जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस