काठमाडौं। भारतले घरेलु टोली वेस्ट इन्डिजबिरुद्दको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन रनको जित निकालेको छ । यससँगै भारतले तीन खेलको शृंखलामा १० को अग्रता बनाएको छ ।
शुक्रबार राति क्विन्स पार्क ओभलमा भारतले दिएको ३०९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रनमा समेटियो । वेस्ट इन्डिजका केली मेयर्सले सर्वाधिक ७५ रनको बनाए । भारतका मोहमद सिराज, शार्दुल ठाकुर र युजभेन्द्र चाहलले समान २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउदै ३०८ रन बनायो । भारतका कप्तान शिखर धवनले सर्वाधिक ९७ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेप र गुडाकेश मोटीले समान २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०७ साउन २०७९, १० : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी टी–२० विश्वकपमा आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित
नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज
वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक जित दर्ता गरेको नेपाल आज दोस्रो खेल खेल्दै
वेस्ट इन्डिजविरुद्ध नेपालको ऐतिहासिक जित
पहिलोपटक वेस्ट इन्डिजविरुद्ध खेल्दै नेपाल