काठ तस्करीमा सशस्त्रकै गाडी !

पत्रपत्रिकाबाट

बुधबार, २३ जेठ २०७५, ०७ : ४१
काठ तस्करीमा सशस्त्रकै गाडी !


सशस्त्र प्रहरीले सरकारी प्लेटको गाडीमा लाखौँ सखुवाको काठ तस्करी गरेको खुलेको छ ।

अरुण गुल्म खाँदवारी सखुवासभाले प्रयोग गर्ने सरकारी प्लेटको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर सोमबार राति धनकुटाको मुलघाट पुर्याईएको थियो राति करिव ८ बजे मुलघाटस्थित तमोर पुलनजिक रहेको सशस्त्र प्रहरी छिन्ताङ गुल्मको चेक पोस्टमा ट्रक जाँच्ने क्रममा अवैध रुपमा करिव सय कयुबिक फिट सखुवाको चिरान काठ फेला परेको थियो ।

चेकपोष्ट भन्दा करिव ५ सय मिटर दुरीमा रहेको नेपाल प्रहरीको चेक पोष्टमा रोक्न खोज्दा जबरजस्ती उक्त ट्रक अघि बढाएपछि नियन्त्रणमा लिईएको थियो ।, आजको कान्तिपुरमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस