काठमाडौँ । अमेरिकामा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपअन्तर्गत पुरुष २०० मिटर दौडमा घरेलु टोलीले ‘क्लिन स्विप’ गरेको छ । २५ वर्षीय नोआ लाइल्सले निर्धारित दूरी १९.३१ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे ।
योसँगै उनी २६ वर्षअघिको कीर्तिमान भङ्ग गर्दै सबैभन्दा छिटो यो दूरी पार गर्ने अमेरिकी धावक पनि बनेका छन् । यसअघि माइकल जोन्सनले १९९६ मा २०० मिटर दूरी १९.३२ सेकेन्डमा पार गर्दै यो कीर्तिमान बनाएका थिए ।
केनी बेडनारेकले १९.७७ सेकेन्डको समय निकाल्दै रजत तथा एरियोन नाइटनले १९.८० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै कास्यपदक जिते । २०० मिटरको विश्व कीर्तिमान भने जमैकन धावक उसेन बोल्टको नाममा छ । उनले सन् २००९ मा सो दूरी १९.१९ सेकेन्डमा पारी गर्दै विश्वकीर्तिमान कायम गरेका थिए ।
च्याम्पियनसिप अन्तर्गत पुरुष दौडमा अमेरिकाको यो दोस्रो ‘क्लिन स्विप’ हो । यसअघि घरेलु टोलीले १०० मिटर दौडमा पनि ‘क्लिन स्विप’ राखेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ साउन २०७९, १३ : २०
लेखकबाट थप