स्वतन्त्र निर्वाचित मेयर शाही र जिसस उपप्रमुख बुढा एकीकृत समाजवादीमा प्रवेश

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १७ : ४८
स्वतन्त्र निर्वाचित मेयर शाही र जिसस उपप्रमुख बुढा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एस प्रवेश गरेका छन् ।काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममाझ शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे ।

वैशाख ३० को स्थानीय चुनावमा स्वतन्त्र उठेका शाही २९१९ मत ल्याएर मेयरमा विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका जसीप्रसाद पाण्डेले २६०९ मत ल्याएका थिए । शाहीलाई माओवादी र नेकपा एसको समर्थन थियो ।

यस नगरपालिकामा माओवादीले उपमेयर जितेको छ । त्यसै गरी डोल्पाका जिल्ला समन्वयदसमितिका उपप्रमुख तेजेन्द्रबहादुर बुढा पनि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस