एजेन्सी । भारतीय राष्ट्रपति निर्वाचनको मतपरिणाम बिहीबार घोषणा गर्ने तयारी भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार देशको १५ औै राष्ट्रपतिको नतिजा बिहीबार साँझसम्म घोषणा गर्ने तयारी भएको हो । राष्ट्रपति चुनावको पहिलो चरणको मतगणना पुरा भइसकेको छ। जसमा सांसदको मतगणना सम्पन्न भएको हो ।
मतगणना अधिकारीका अनुसार दौपदी मुर्मूले ५४० र यशवंत सिन्हाले २०८ सांसदको भोट पाएका छन् । यस्तै १५ भोट भने रद्ध भएको समाचारमा जनाइएको छ ।
समाचारअनुसार दौपदी मुर्मूको भोट भ्यालु ३ लाख ७८ हजार रहेको छ । जबकी यशवंत सिन्हाको भ्यालु १ लाख ४५ हजार ६०० रहेको छ । संसदमा कोठा नम्बर ६३ मा संसदको मतगणना पुरा भएपछि राज्यको गणना सुरु भएको हो । यसपछि जीतको औपचारिक घोषणा हुने छ ।
एनडीएकी उम्मेदवार दौपदीको जित लगभग सुनिश्चित रहेको समाचारमा जनाइएको छ । यसैबीच दौपदीको गाउँमा जितको खुसीयाली सुरु भइसकेको छ । भारतीय नवनिर्वाचित राष्ट्रपतिको शपथ जुलाई २५ मा हुने बताइएको छ । जुलाई २४ मा वर्तमान राष्ट्रपति रामनाथ गोविन्दको कार्यकाल सकिनेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ साउन २०७९, १७ : ३९
लेखकबाट थप