नेपाल टेलिकमको समर अफर शुरु, केही अफर थप

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, १७ : ०५
नेपाल टेलिकमको समर अफर शुरु, केही अफर थप

नेपाल टेलिकमले  साउन १ देखि लागु गरेको समर अफरमा केही नयाँ अफर थप गरिएको छ ।  कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा त्यसमा केही नयाँ अफर थप गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए  । ‘२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न  सकिन्छ भने १०० मिनेट भ्वाइस प्याक ३ दिनका लागि रु. ४९ मा उपलब्ध छ । त्यसैगरी नयाँ अफरको रुपमा १ एमबीपीएस स्पिडको अनलिमिटेड डाटा १ दिन (२४ घण्टा) को लागि रु. ४९ मा उपलब्ध छ’, विज्ञप्तिमा भनिएको छ ।  

सो अफरमा विभिन्न प्रकारका एसएमएस प्याकलाई पनि अपडेट गरिनुका साथै केही नयाँ अफर समेत थप गरिएको उनको भनाए छ । अब सबै नेटवर्कमा १०० एसएमएस १ दिनको लागि रु. १५, २०० एसएमएस ३ दिनको लागि रु. २९ र ३०० एसएमएस २८ दिनको लागि रु. ९८ मा पठाउन सकिने टेलिकमले जनाएको छ । 

कर्पोरेट युजरका लागि उपलब्ध भइरहेको सीयूजी प्याकेजमा नयाँ रिसोर्स थप गरेर अझै आकर्षक बनाइएको जनाइएको छ भने सीयूजी अफर अन्तर्गत उही मूल्यमा पहिले भन्दा ४ गुणासम्म बढी डाटा भोल्युम उपलब्ध गराइएको छ । ‘सीयूजी १००० मा १० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ४० जीबी प्रदान गरिएको छ । त्यस्तै सीयूजी १५०० मा २० जीबी डाटा प्रदान गर्दै आएकोमा अब ८० जीबी प्रदान गरिएको छ । त्यसैगरी सबै नेटवर्कमा कल गर्न, डाटा चलाउन र एसएमएस पठाउन सकिने विभिन्न प्रकारको सुविधा समेत उपलब्ध छन्’, विज्ञप्तिमा भनिएको छ ।  

पहिले उपलब्ध अधिकांश अफरहरूलाई अब उही मूल्यमा थप डाटा र भ्वाइसमा थप मिनेट सहित उपलब्ध गराइएको पनि टेलिकमले जनाएको छ । साथै, कतिपय अफरलाई परिमार्जन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस