उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट

सफल खबर संवाददाता

विहीबार, ०५ साउन २०७९, ११ : २६
उच्च अदालत जनकपुरद्वारा ४९ प्रतिशत मुद्दा फछ्र्योट

धनुषा । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०७८\७९ मा ४९ दशमलव १५ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । आव २०७८\७९ मा कायम भएका चार हजार ७२४ मुद्दामध्ये दुई हजार ३२२ मुद्दा फछ्र्योट गरिएको थियो ।

अदालतका रजिष्ट्रार खङ्गराज अधिकारीका अनुसार आव २०७७\७८ देखि जिम्मेवारी सरेर आएका दुई हजार ४६६ मुद्दामध्ये एक हजार ७४४ र आव २०७८\७९ मा नयाँ दर्ता भएका दुई हजार २५८ मुद्दामध्ये ५७८ मुद्दा फछ्र्योट गरिएका थिए ।

अघिल्लो आर्थिक वर्ष बाट जिम्मेवारी सरेर आएका ७२२ र आव २०७८र७९ मा नयाँ दर्ता भएका मुद्दामध्ये एक हजार ६८० मुद्दा फछ्र्योट गर्न बाँकी रहेको अधिकारीको भनाइ छ ।

आव २०७८\७९ मा सरल किसिमका १२२, समान्य किसिमका ४५६, विशेष किसिमका ९९७ तथा मार्ग समूहमा नपर्नेरडिसीएम लागू हुनु पूर्वका ७४७ मुद्दा फछ्र्योट भएका छन् ।

आव २०७७\७८ मा सो अदालतले ३३ प्रतिशत अर्थात् एक हजार २१६ मुद्दा फछ्र्योट गरेको थियो भने आव २०७६\७७ मा ५२ दशमलव २० प्रतिशत अर्थात् दुई हजार ७२ मुद्दा फछ्र्योट गरेको थियो । सो अदालतले आव २०७५\७६ मा सबैभन्दा बढी ७२ दशमलव ९६ अर्थात् तीन हजार २१२ मुद्दा फछ्र्योट गरेको थियो ।

कोरोना महामारी, कानुन व्यवसायीको आन्दोलन र त्यसपछि न्यायाधीशहरूको सरुवालगायत कारणले अपेक्षित रूपमा मुद्दाको फैसला गर्न नसकिएको अदालतका कामु मुख्य न्यायाधीश विनोद शर्माले बताए ।

अघिल्लो आवको तुलनामा यस वर्ष बढी मुद्दा फैसला गर्न सफल भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस