एजेन्सी । सुडानको ब्ल्यु नाइल राज्यमा जातीय हिंसामा १०५ जनाको मृत्यु भएको छ । हिंसामा २९१ जना घाइते भएका राज्यका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् ।
इथियोपिया र दक्षिण सुडानसँगको सिमानामा रहेको दक्षिणी राज्यमा जुलाई ११ मा बर्टी र हौसा जातीय समूहका सदस्यहरूबीच झडप भएको थियो । ‘स्थिति अहिले शान्त छ,’ स्वास्थ्यमन्त्री जमाल नासेरले भने ।
सेना परिचालन भएपछि झडप नियन्त्रणमा आएको उनले बताए । पुनः झडपको जोखिम कायमै रहेकोले नाइल राज्यमा अझै केही दिन सेना परिचालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०५ साउन २०७९, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा भएको ड्रोन आक्रमणमा ३० जनाको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा
सुडानमा १३ लाखभन्दा बढी मानिस आफ्नो घर फर्किए : संयुक्त राष्ट्रसंघ
सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु