जनकपुरधाम । सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् ।
जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन्दोलनको कार्यक्रम संयोजक विजय यादवले बताए ।
प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरूमा व्यापक भ्रष्टाचार भएको, कृषिकहरूलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै कारबाहीका लागि किसानहरू मन्त्रालयमा पुगेको जनमत पार्टी धनुषाले दाबी गरेको छ ।
मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग रहेको जनमत पार्टी धनुष इन्चार्ज बीपी साहले बताए ।
यादवले भने किसानको माग सम्बोधन नभए मन्त्रीहरूलाई जनकारवाही हुनेछ। त्यसका लागि मन्त्री ज्यूहरू तयार रहनु होला । यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ साउन २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड
विभिन्न संरचनागत मागसहित जनमत पार्टीको प्रदर्शन
मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग
जनमत पार्टीको महाधिवेशन असोजमा हुने
जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरीले दिए राजीनामा