कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ०८ : ०८
कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते

धनगढी । कञ्चनपुरमा खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन्।

मंगलबार जिल्लाको पुनर्वास नगरपालिका २ अम्रैयामा एक जनाले खुकुरी प्रहार गर्दा ३ जना गम्भीर घाइते भएका हुन्।


प्रहरीका अनुसार घाइते हुनेमा अम्रैयाका ४७ वर्षीय वीरसिंह राना, मोती बस्तीकी ३८ वर्षीया मधु महता र अम्रैयाकी ४५ वर्षीया धनचरा रावत रहेका छन्। उनीहरूलाई पुनर्वास‍(२ अम्रैयाका टेके सार्कीले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने सार्कीलाई खुकुरीसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी नायब निरीक्षक तेजबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार सार्कीले आफ्नै घाँटीमा समेत खुकुरी प्रहार गरेका छन्। उनको मानसिक अवस्था ठिक नभएको बुझिएको प्रहरी नायब निरीक्षक खड्काले बताए।

प्रतिक्रिया दिनुहोस