काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अझै समाजवादी क्रान्ति बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटका अवसरमा महराले जनताको अवस्था फेरिन नसकेको भन्दै समाजवादी क्रान्तिको खाँचो रहेको बताएका हुन् ।
महराले समाजवादको यात्रालाई सार्थक बनाउँदै जनताको जीवनस्तरलाई मजबुत र मुलुकलाई समृद्ध बनाउने सपना माओवादी केन्द्रको रहेको प्रस्ट पारे । उनले समाजवादी क्रान्तिका लागि पार्टी नेता तथा कार्यकर्ता आफूमुखी नभई जनतामुखि बन्न सक्नुपर्ने बताए । पछिल्लो समयमा नेता तथा कार्यकर्ताहरु व्यक्तिवादी चिन्तनले ग्रसित हुँदा पार्टीको अवस्था नाजुक बन्दै गइरहेको उनको टिप्पणी थियो । उनले भने, ‘जनताको साथ नेताले छोडे, नेताको साथ जनताले छोड्दै छन् । जसका कारण हामीले जनताको सपना पूरा गर्न सम्भव देखिँदैन । त्यसैले नेता जनतातिर फर्किन अति आवश्यक छ ।’
पार्टी नेता तथा कार्यकर्ता जनताको साथमा रहेमात्र पार्टीले बोकेको समाजवादको सपनालाई सार्थक बनाउन सकिने उनको भनाइ थियो । उनले जनताको अधिकारका लागि मात्रै होइन राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्व र जिम्मेवारी माओवादी केन्द्रकै नेता तथा कार्यकर्ता रहेको बताए । उनले बाह्य हस्तक्षेपका कारण मुलुकको स्वाधीनता कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे । बाह्य हस्तक्षेपले मुलुकको स्वाधीनता र प्राप्त उपलब्धिमाथि प्रहार गरिरहेको उनको भनाइ थियो ।
महराले आसन्न निर्वाचनसम्म गठबन्धन कायम रहने बताए । गठबन्धन भत्काउने दाउमा आन्तरिक तथा बाह्य शक्तिहरु निकै सक्रियतापूर्वक लागिरहेको भन्दै उनले त्यो कुनै पनि हालतमा सफल नहुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ साउन २०७९, २० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
पूर्वसभामुख महरालाई थुनामा पठाउने आदेश
सुन तस्करीमा संलग्न नभएको भन्दै कृष्णबहादुर महरा दिए इन्कारी बयान
कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ