सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी

सफल खबर संवाददाता

मंगलबार, ०३ साउन २०७९, ०९ : ५७
सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी

काठमाडौँ । सिन्धुपाल्चोकमा सुस्तमनस्थिति भएकी एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका वडा ५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मरबहादुर भुजेल रहेका छन्। भुजेलमाथि आइतबार बेलुका साढे सात बजेको समयमा १२ वर्षीया बालिकालाई पधेरोटोलस्थित कच्ची बाटोमा जबरजस्ती करणी गरेको आरोप छ।

भुजेललाई हिजो बिहान उनकै घरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ। प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दामा सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस