डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटा नगरपालिकाका रमेश पन्तले जिते नगद एक लाख

सफल खबर संवाददाता

सोमबार, ०२ साउन २०७९, १७ : ३८
डिशहोममा १ वर्षको रिचार्ज गर्दा सुक्लाफाँटा नगरपालिकाका रमेश पन्तले जिते नगद एक लाख

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन

यसै क्रममा सुक्लाफाँटा नगरपालिका-१ का निवासी रमेश पन्तले रु एक लाख जितेका छन । केदार ट्रेडिङको डिलर अन्तरगत रहेको झलारी कंचनपुरका सह—बितरक संगम ट्रेडर्स सप्लायर्सका डिलर दाई के।पि पाण्डेकोमा एक वर्ष रिचार्ज गरेर पन्तले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए । 

डिशहोमको तर्फ वाट एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रडिङका प्रोप्राईटर लक्ष्मी दत्त पाण्डे र सेल्स अफिसर कमल रिमाल बाट जितेका  पुरस्कार रकम हस्तान्तरण गरे । विजेता पन्तलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ । 

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसक्ने छन  ।
 

प्रतिक्रिया दिनुहोस