काठमाडाैँ । नेपाल राष्ट्र बैंकले पुराना नोट धुल्याउनका लागि कम्तीमा ९० दिनको सिसिटिभी कभरेज अनिवार्य राख्नुपर्ने भएको छ। बैंकले नोट धुल्याउने नियमावली, २०७८ जारी गर्दै यस्तो बताएकाे हाे।
बैंकका अनुसार मेसिन रहेकाे स्थानकाे अभिलेख सुरक्षित राख्न सिसिटिभी क्यामेरा अनिवार्य रूपमा राख्नुपर्नछ। यति मात्र नभई, नाेटकाे थानकाे पनि हिसाब राख्नुपर्नेछ।
नेपाल राष्ट्र बैंक नोट सट्टा भर्ना नियमावली, २०५९ बमोजिम सट्टा भर्नाको लागि प्राप्त हुन आएका नोटहरू, मुद्रा व्यवस्थापन विभाग वा शाखा वा उपशाखा कार्यालयहरूले चलनचल्तीमा ल्याउन अयोग्य ठहर्याएका नोटहरू, बैंकको सञ्चालक समितिले चलनचल्तीमा ल्याउन उपयुक्त नहुने भनी ठहर गरेका नोटहरू, बैकिंङ, वित्तीय वा मुद्राको कारोबार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरूले चलनचल्तीमा ल्याउन योग्य नभएको भनी बैंकमा दाखिला गरेका झुत्रा नोटहरू, बैकिंग, वित्तीय वा मुद्राको कारोवार गर्न बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरू, सरकारी वा अन्य निकायबाट बैकिंङ कारोवारको सन्दर्भमा बैंकमा दाखिला हुन आएका नोटहरूमध्ये नक्कली भनी बैंकले जफत गरेका नोटहरू धुल्याउन सकिनेछ।
बैंकले जारी गरेकाे नियमावलीका अनुसार नोट धुल्याउनका लागि एउटा समिति गठन गर्नुपर्नेछ।नोट धुल्याउने नियमावली जारी भएसँगै नेपाल राष्ट्र बैंकलाई झुत्रा नोटबाट ब्रिगेट बनाउने बाटो खुलेको छ।
यसभन्दा पहिला चलनचल्तीको निम्ति अयोग्य नोटलाई जलाएर नष्ट गरिँदै आइएकाे थियाे।उक्त मेसिनमा दुई खण्ड हुन्छन्। पहिलाे खण्डले नाेट टुक्राउँछ भने दाेस्राे खण्डले टुक्रिएका नाेटबाट बिक्रेट तयार गर्छ।
मेसिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्राउँछ। मेसिनमा एक पटकमा २०० केजीसम्म बैंक नोट राख्न सकिन्छ र मेसिनले प्रतिघण्टा १०० केजी नोटलाई टुक्राउन सक्छ।
मेसिन नेदरल्याण्डबाट आयात गरिएको हो। हालसम्म याे मेसिन काठमाडौँ, विराटनगर, वीरगञ्ज र नेपालगञ्जमा जडान गरिसकिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै
तरलता व्यवस्थापनका लागि ४० अर्ब रुपैयाँ संकलन गर्ने राष्ट्र बैंकको तयारी
राष्ट्र बैंकको प्रतिवेदन- घरजग्गा कारोबारमा सुधारको संकेत, मौसमी उतारचढाव