चनौलीमा देखिएको विद्युत समस्या समाधान, आजैदेखि सेवा नियमित

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०८२, २१ : ४४
चनौलीमा देखिएको विद्युत समस्या समाधान, आजैदेखि सेवा नियमित

चितवन । चितवनको चनौलीस्थित विद्युत वितरण प्रणालीमा देखिएको समस्या समाधान गरिएको छ। नेपाल विद्युत प्राधिकरण (नेविप्रा) वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निदेशक दिर्घायु कुमार श्रेष्ठको निरन्तर खटाइपछि समस्या आजै समाधान भएको हो।

आइतबार बिहानैदेखि उपनिदेशक श्रेष्ठ चनौली साइटमै उपस्थित भई समस्याको पहिचान तथा समाधानमा जुटेका थिए। प्राविधिक टोलीसँग समन्वय गर्दै सवस्टेसनको क्षमता तत्काल बढाइएको र सोही अनुसार आज साँझदेखि नियमित रूपमा विद्युत सेवा पुनः सञ्चालनमा आएको चनौली वितरण केन्द्रले जनाएको छ।

यसैबीच, लोडसेडिङ सुरु भएको भन्ने हल्लाबारे प्राधिकरणले स्पष्टिकरण दिएको छ। केन्द्रले लोडसेडिङसम्बन्धी अफवाहमा नपर्न सर्वसाधारणलाई अनुरोध गर्दै, यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस