काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले चितवनमा लोडसेडिङको तालिका ल्याइएको भन्ने चर्चालाई खण्डन गरेका छन् । उनले प्रकाशित सूचनामा लेखाइ गलत भएको बताए ।
सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले लाइन मिलाउनुपर्ने भएकाले बेलुकीको समयमा पानी तान्ने पम्प नचलाइदिन भनिएको दाबी गरे । उनले भने, ‘लोडसेडिङ होइन, लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ । लाइन मिलाउनुपर्ने भएकाल दुई दिनका लागि बेलुका काम गर्ने समयमा पानी तान्ने पम्प नचलाइदिन भनेको हो ।’
चितवनमा हिजो दैनिक ३-३ घन्टा विद्युत आपूर्ति अवरुद्ध हुने सूचना जारी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ साउन २०८२, ११ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ऊर्जा मानव जीवनको लागि अक्सिजन सरहः ऊर्जामन्त्री खड्का
क्षति न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली सरकारको प्राथमिकतामा छ : ऊर्जामन्त्री खड्का
मेलम्ची-हेलम्बू क्षेत्रको पुनर्निर्माणमा सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि जर्मनीका कार्यवाहक राजदूतको शिष्टाचार भेट
कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ: ऊर्जामन्त्री खड्का
लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ : ऊर्जामन्त्री खड्का