काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताएका छन् ।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले सबै मिलेर उपलब्ध स्रोतको उपयोग गर्न लाग्नुपर्ने बताएका हुन् ।
मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिए। उनले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ साउन २०८२, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का
सरकारको लक्ष्य पूरा गर्न सौर्य ऊर्जा उत्पादकको भूमिका महत्त्वपूर्ण’: मन्त्री खड्का
किमाथाङ्का राष्ट्रिय महत्वको नाका : मन्त्री खड्का
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास सुरु गरौँ: मन्त्री खड्का
प्राधिकरणले सार्वजनिक गरेको श्वेतपत्र यथार्थपरक छ : मन्त्री खड्का
घिसिङलाई हटाउन सरकारले चलखेल गरेको छैन : मन्त्री खड्का