काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचन तयारीका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । निर्वाचनलाई लक्षित गर्दै एमालेले प्रदेश हुँदै जिल्ला तहसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न थालेको हो । मधेश प्रदेशको जनकपुरमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरुवात गरेका छन ।
मंगलबार प्रदेश १ को विराटनगर, बुधबार बागमतीको काठमाडौं, साउन ८ गते गण्डकीको पोखरामा प्रदेशस्तरीय प्रशिक्षण हुने छ । अन्य प्रदेशको मिति भने चाँडै नै तोकिने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले आगामी निर्वाचनसम्म सबै कार्यकर्ताहरूमा कम्तीमा एउटा प्रशिक्षण कार्यक्रममा सहभागी हुनसक्ने गरी कार्यक्रम तय गरिएको उनले दाबी गरे
एमालेले भौतिक उपस्थिति र भर्चुअल दुबै तरिकाबाट प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । संयोजनका लागि एमालेले वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुलाई सातवटा प्रदेशको जिम्मेवारी दिएको छ ।
प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बागमतीमा उपाध्यक्ष विष्णु पौडेल, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाङ, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रशिक्षण कार्यक्रमको संयोजक तोकिएको छ ।
एमालेले स्थानीय तह निर्वाचनको परिणामपछि प्रतिरक्षात्मक मनोविज्ञान रहेका कार्यकर्तालाई त्यसबाट बाहिर ल्याउन देशव्यापी प्रशिक्षण सञ्चालन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो । प्रशिक्षणको विषयवस्तु र विधिको संयोजन भने स्कुल विभागले गरेको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १५ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै