श्रीलंकाका कार्यबाहक राष्ट्रपति विक्रमासिंघेले गरे संकटकाल घोषणा

एजेन्सी

सोमबार, ०२ साउन २०७९, १३ : १२
श्रीलंकाका कार्यबाहक राष्ट्रपति विक्रमासिंघेले गरे संकटकाल घोषणा

एजेन्सी । श्रीलंकामा संकटकालको घोषणा गरिएको छ। श्रीलंकाका कार्यबाहक राष्ट्रपतिले सोमबार संकटकालको घोषणा गरेका हुन्। उनले सोमबारबाट लागू हुने गरी श्रीलंकामा संकटकालको घोषणा गरेकाे समाचारमा जनाइएको छ।

श्रीलंकाका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघेले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न तथा नागरिकहरूका लागि अत्यावश्यकीय सेवाको आपूर्ति गर्नका लागि संकटकालको घोषणा गर्न आवश्यक रहेको बताएका थिए।

सोही बमोजिम राष्ट्रपति विक्रमासिंघेले सोमबार एक विशेष सूचनामार्फत् देशव्यापीरूपमा सोमबारदेखि नै लागू हुनेगरी संकटकालको घोषणा गरेकाे बताइएकाे छ।

उता श्रीलंकाली संसदले यही जुलाई २० मा नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने भएको छ। जुलाई २० मा त्यहाँकाे संसदले नयाँ राष्ट्रपतिको निर्वाचन गर्न लागेको र त्यसका लागि मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको जानकारी सभामुखले यसअघि नै दिइसकेा छन्।

त्यहाँका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर सिंगापुर पुगेका छन्। त्यसपछि कार्यबाहक राष्ट्रपतिमा प्रधानमन्त्री रनिल विक्रमासिंघे नियुक्त भएका हुन्।

श्रीलंका पछिल्लो समयमा चरम आर्थिक संकटमा फसेको छ। देश आर्थिक संकटमा फसेसँगै त्यहाँको राजनीतिक अस्थिरतामा पनि थप बढ्दै गएको बताइएको छ।