धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट करिब १८ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम छथर गाउँपालिका–२ बस्ने ३२ वर्षीय गोविन्द लिम्बु लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
प्र.१–०२–००१ ख ८७२० नम्बरको बसलाई प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उक्त बस र चालकलाई समेत आवश्यक अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १२ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हत्या अभियोगमा तीन युवक पक्राउ
लागु औषधसहित दुई जना पक्राउ
महिलामाथि दुर्व्यवहार गर्ने युवक पक्राउ
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ