काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादी नेतासँग छलफल गरेका छन्।
सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको छलफलमा माओवादी नेताहरू देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए।
सरकारले संसदमा पेश गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकबारे नेताहरूबीच कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए।
‘सरकारले संघीय संसद्मा पेस गरेको नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका अन्य विधेयकबारे कुराकानी भयो’ गृहमन्त्री खाणले भने, ‘ती विधेयकबारे संसदमा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने कुराकानी भएको छ।’
त्यस्तै छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको थियो। यो विषयमा पनि सत्तारुढ दलहरूको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल
प्रचण्ड र माधवले लिए झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड