रौतहट । भारतीय नम्बर प्लेटको स्कर्पियो जिपबाट रौतहट स्थित सशस्त्र प्रहरीको टोलीले २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बेस क्याम्प फतुवाबाट इन्स्पेक्टर विनय श्रेष्ठको कमान्डमा गएको टोलीले राजपुर नपा ६ कुडिया चौक स्थित गाडी सहित २ क्विन्टल लागुऔषध गाँजा बरामद गरेको हो ।
आँपको बगैँचामा लुकाई पार्किङ गरि राखिएको डिएल ४ सि एनबी ६२२९ नम्बरको स्कोर्पियोमा गाँजाको १३ वटा पोका सहित लाई टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डीआईजी गणेश ठाडा मगरले बताएका छन् ।
प्रति पोका १४ केजी ८ सय ग्रामको दरले कुल १ सय ९२ केजी ४०० सय ग्राम गाँजा सहित एक स्कर्पियो बरामद भएको डीआईजी मगरले जानकारी दिएका छन ।
बरामद गाँजा सहितको गाडी कसको हो भने हालसम्म खुल्न नसकेको तथा आवश्यक अनुसन्धान एवं कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ साउन २०७९, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ