काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट्न अन्तिम समयसम्म प्रयास गर्दा पनि रद्द भएको बताएका छन्।
शुक्रबार तीनदिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनुअघि प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने तय भएपनि अन्तिम समयमा आएर रद्द भएको बताएका छन्।
आइतबार साँझ स्वदेश फर्किएका प्रचण्डले भारतीय जनता पार्टीको कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता सकेर होटलमा जाने क्रममा मोदीसँग गर्ने भनिएको भेट स्थगित भएको जानकारी पाएको प्रचण्डको भनाइ छ।
बीजेपीका अध्यक्षले बोलाएर भारत गएको र उनलाई भेटेपछि ‘क्लाइमेक्स’ त्यही हो भन्ने ठानेको हुनसक्ने प्रचण्डले सुनाए । भारतमा बाढीले जनधनको ठूलो क्षति भएको र मोदी त्यसमा व्यस्त भएकाले भेट स्थगित भएको पनि हुनसक्ने उनले बताए ।
भेटवार्ता रोकिनुको खास कारण भने आफूलाई पनि थाहा नभएको प्रचण्डको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ साउन २०७९, २१ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुकको राष्ट्रिय स्वाधिनता सबै भन्दा अफ्ठ्यारो अवस्थामा पुगेको छः प्रचण्ड
"राजनीतिक परिवर्तनका उद्देश्यहरू पूर्ण रूपमा हासिल हुन बाँकी छ: प्रचण्ड
श्रम अधिकारहरूको संरक्षण र कार्यान्वयनमा सरकार जिम्मेवार बनोस् : प्रचण्ड
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग
सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो, अब शीतल निवासलाई हेर्न बाँकी छ: प्रचण्ड
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’