चितवन । भतरपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई विदाई गरिएको छ । शनिबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका सभाहलमा ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकास पाएका महिला स्वयंसेविकालाई विदाई गरिएको हो ।
भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकाहरुलाई विदाई गरिएको थियो ।
गत वर्षदेखि महानगरले महिला स्वमसेविका कार्यको सम्मान गर्दै विदाई गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ । त्यस्तै प्रदेश सरकारले पनि विदाई गर्दा रु २० हजार दिने गरेको छ । विदाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको कार्यको मुक्तकण्डले प्रशंसा गरिन् ।
जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो । उनले भनिनु , 'यो रकम दिनुको उदेश्य यहाँहरुले गर्नु भएको सेवाको उच्च कदर गरेर दिएको सहयोग हो' ।महानगरपालिकाले स्वयंसेविकाको लागि अध्ययन भ्रमण, चाडवार्ड खर्च र यातयात खर्च भनेर रकम विनियोजन पनि गर्दै आएको मेयर दाहालले जानकारी दिइन् ।
अवकास पाएका स्वास्थ्य स्वयंसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन आग्रह गरिन । कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीयस्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
महिला स्वयंसेविकाहरुलाई बाल स्वास्थ्य, मातृस्वास्थ्यतर्फ समुदाय स्तरमा काम गर्दै जनचेतना फैल्याउने काम गर्दै आइरहेका छन् । नेपालमा घर बाहिरा शौच गर्नेदेखि विभिन्न महामारी रोग विरुद्ध लड्न महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्दै आइएको थियो । नेपालका महिला स्वयंसेविकाको कार्यको मूल्याङकन गर्दै विश्व स्वास्थ्य संगठनले पुरस्कृत समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३२ असार २०७९, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरका ४ सय युवाहरुलाई लक्ष्ति गरी सीपमूलक तालिम सुरु
भरतपुर महानगरद्धारा ‘सुत्केरी पोषण झोला’ कार्यक्रम सुरु
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो