काठमाडौं । विश्व बैंकले नेपाललाई १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको छ । नेपालको हरित, जलवायु उत्थान तथा समावेशी विकासका लागि बैंकले एक सय मिलियन अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो ।
विश्व बैंकको कार्यकारी निर्देशक तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका प्रतिनिधि फारिस हदाद जेर्भोसले शुक्रबार उक्त सहयोग स्वीकृत गरेका हुन् । वातावरणीय सुरक्षासँगै समावेशी विकासका कार्यक्रमका लागि बैंकले यस्तो कार्यक्रममा पहिलो पटक सहयोग गरेको हो ।
‘कोभिड–१९ को महामारीको परिप्रेक्षमा, हरियाली थप समावेशी र थप लचिलो विकास मार्गलाई अगाडि बढाउन विश्व बैंकले नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ । यस अपरेशन मार्फत, हामी पानी, भूमि प्रयोग, कृषि, वन, शहरी, फोहोर, र प्रदूषण लगायतका क्षेत्रहरूमा सरकारको मुख्य नीतिगत कार्यहरूलाई समर्थन गर्दैछौं’, विश्व बैंकका प्रतिनिधि फारिस हदाद–जेर्भोसले भने ।
यो कार्यक्रमले नेपालको दिगो विकास र समृद्धिमा सहयोग पुग्ने बताइएको छ । यस कार्यक्रममार्फत प्राकृतिक रुपमा पूँजीको दिगो र उत्पादनमुलक क्षेत्रमा केन्द्रित हुँदै सहरी र ग्रामीण पूर्वाधार, मानव पूँजी, र जलवायु र वातावरणीय जोखिमहरूको निराकरण गरिने अपेक्षा छ ।
केही दिन अघि मात्र विश्व बैंकले नेपालको पानी तथा सरसफाइका लागि भन्दै १० अर्ब रुपैयाँ सहयोग गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असार २०७९, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण एसियाका लागि विश्व बैंक उपाध्यक्षमा जोहान्स जुट नियुक्त
विश्व बैंकले नेपाललाई ३५ अर्ब भन्दा बढी ऋण दिने
‘लाओसमा बढ्दो मुद्रास्फीतिले रोजगारी र जीवनस्तरमा गम्भीर असर’: विश्व बैंक
विश्व बैंक प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत
पुल सुधार कार्यक्रमका लागि विश्व बैंकद्वारा २० अर्ब ४० करोड स्वीकृत
विश्व बैंकबाट पाकिस्तानले पाउने भयो ४० अर्ब डलर