मोटरसाइकलको हावा खोल्ने प्रहरी हवल्दारमाथि छानबिन हुने

सफल खबर संवाददाता

विहीबार, ३० असार २०७९, १३ : २१
मोटरसाइकलको हावा खोल्ने प्रहरी हवल्दारमाथि छानबिन हुने

सप्तरी । मालपोत तथा भूमिसुधार कार्यालय राजविराजका सेवाग्राहीहरूको मोटरसाइकलको हावा खोल्ने प्रहरी हवलदार राजकुमार धामीमाथि प्रहरीले अनुसन्धान थालेको छ । 

मोटरसाइकलको हावा खोलेर सेवाग्राहीलाई दुःख दिएको  देखिएकोले घटनामा संलग्न प्रहरी हवलदारमाथि छानबिन सुरु गरिएको र अनुसन्धान टोली खटाएर स्पष्टीकरण सोधेको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । 

उनका अनुसार अनुसन्धान टोलीको प्रतिवेदन आउनसाथ थप कारबाही अघि बढाइनेछ ।तोकिएको पार्किङमै राखेको प्रेस लेखिएको मोटरसाइकलको मात्र हावा खोल्नु दुःखद् घटना भएको बताउँदै एसपी काफ्लेले कानुनविपरीत कार्य गर्ने हवलदार धामीलाई कारबाहीको दायरमा ल्याउने बताए । 

नेपाल पत्रकार महासंघ सप्तरीले यसबारे एसपी काफ्लेको ध्यानाकर्षण गराएको थियो । 

प्रतिक्रिया दिनुहोस