काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै राजनीतिक दल एउटै नभएको टिप्पणी गरेका छन् । नेपालमा विज्ञान तथा सूचना प्रविधिसम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीहरू बाहिरी आवरणमा एउटै देखिए पनि धेरै ठुलो भिन्नता रहेको बताए ।
‘सबै राजनीतिक दल एउटै छन् भन्ने न्यारेटिभ बनाउन खोजिएको छ । त्यो बढो डरलाग्दो छ । सबै दलहरु उस्तै छैनन्’ प्रचण्डले भने, ‘त्यहाँ बहस र छलफल छ । त्यहाँ दुई खालका प्रवृत्ति र दुइ खालका विचार छन् ।
एउटा वैज्ञानिक ढंगले काम गर्नुपर्छ भनेर बल गर्ने अर्को परम्परागत सोच्ने खालका छ ।’ एमालेप्रति लक्षित गर्दै प्रचण्डले कतिपय दलहरु संघीयता खारेज गर्नुपर्छ भन्दै खुलेआम बोल्न थालेको बताए । अहिलेका परिवर्तनका सबै मुद्धा उल्ट्याएर मुलुकलाई निरंकुशतातिर लग्न खोजिएको प्रचण्डको भनाई छ । बरु संघीयतालाई बलियो बनाउन संविधान बमोजिम ऐन कानुन बनाउन लाग्नुपर्ने उनले बताए ।
संविधान बनाउने अवस्थालाई स्मरण गर्दै प्रचण्डले कतिपय नेताहरुले के भाउँतो ल्याएका होलान् भन्दै प्रदेश र स्थानीय तहको संरचना बनाउँदा भन्ने गरेको बताए । ‘हिजो एकथरी साथीहरुले नेपालमा गणतन्त्र नेपालमा सम्भव छैन भन्ने ठान्थे । संविधान बनाउने क्रममा ती पार्टीका नेताहरु हमेशा सशंकित हुन्थे’ स्मरण गर्दै प्रचण्डले भने, ‘के भाउँतो ल्याएका होलान् । जाने मानेको गाविस ठिकै थिए । वडाहरू ठिकै थिए । सेन्टलाइज सिस्टम नै ठिकै थियो भन्ने लागि नै राखेको थियो ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन: प्रचण्ड
‘प्रचण्ड’ स्वदेश फिर्ता
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?
प्रचण्ड आज दिल्ली जादै, भोलि नै फर्किने
‘देश निर्वाचनमा केन्द्रित भयो’: ‘प्रचण्ड’
यथास्थितिमा सीमित रहने सोच र परिवर्तनको चाहनाबिचको सङ्घर्ष जारी छ : प्रचण्ड