काठमाडौं । काठमाडौंको भीमढुंगामा चितुवाको आक्रमणबाट ५ जना घाइते भएका छन् । गएराति १ बजे नागार्जुन नगरपालिका–८ स्थित भिमढुङ्गा हर्सनखोलाका पन्च कुमार भट्टराईको घरमा पुगेको जङ्गली चितुवाले आक्रमण गरेको हो ।
चितुवाको आक्रमणबाट पन्च कुमार भट्टराईको घरका ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । पाँचै जनाको शरीरको बिभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु