देउडा पर्वका अवसरमा कर्णालीमा सार्वजनिक बिदा

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १६ : ३६
देउडा पर्वका अवसरमा कर्णालीमा सार्वजनिक बिदा

काठमाडाैँ । आगामी १ साउनमा कर्णालीमा सार्वजनिक बिदा दिइएको छ । १ साउन आइतबार साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेश सरकारले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सार्वजनिक सूचना जारी गर्दै कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । यसअघि २०७८ साल चैत्र २९ गते बसेको कर्णालीको मन्त्रिपरिषद्को बैठकले कर्णालीमा पर्व तथा मेलाका सन्दर्भमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस