पार्टी नेतृत्वहरूबाट वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक राखेका कारण असुरक्षा महशुस - महेन्द्र राय यादव

सफल खबर संवाददाता

मंगलबार, २८ असार २०७९, १५ : ३१
पार्टी नेतृत्वहरूबाट वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक राखेका कारण असुरक्षा महशुस  -  महेन्द्र राय यादव

काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले पार्टी नेतृत्वहरूबाट वीरगञ्जमा केन्द्रीय समितिको विस्तारित बैठक राखेका कारण असुरक्षा महशुस भएकाले जान नसकेको बताएका छन्।

आज काठमाडौँमा आयोजित नेता बाबुराम भट्टराई पक्षधरहरुको केन्द्रीय समितिको विस्तारिक बैठकमा बोल्दै उनले जनता समाजवादी पार्टी निर्माण र विस्तारमा सबैको समान योगदान रहेकाले पार्टीलाई एक बनाइ राख्न सक्दो प्रयास गर्ने बताए।

बैठकमा उनले भने, ‘वीरगञ्जको पार्टीको बैठक राख्नुको सन्देश के हो? काठमाडौँमा के असुविधा थियो र वीरगञ्जमा पार्टीको विस्तारित बैठक गर्नु पर्‍यो?’उनले सास रहिन्जेल पार्टीलाई एक बनाउने प्रयासमा लाग्ने र अरुलाई पनि पार्टी एक ढिक्का राख्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस