काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कलाकर्मीले भेटका छन् । निर्माता अशोक शर्मा, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, निर्देशक निश्चल बस्नेत, कलाकार खगेन्द्र लामिछाने, रविन्द्र खड्का लगायतले भेटघाट गर्दै मनोरञ्जन कर, डिजिटल बोर्ड र कल्याणकारी कोषको विषयमा छलफल गरेका छन । बालेन्द्रले मेयरमा निर्वाचित भए लगत्तै २ प्रतिशत मनोरञ्जन करमा छुट दिने घोषणा गरेका थिए । यद्यपि उनले त्यसतर्फ ध्यान नदिएपछि फिल्मकर्मीहरू अन्य समस्या सहित मेयरसँग भेटघाट गर्न पुगेका हुन्।
अशोक शर्माको नेतृत्वमा छलफलमा सहभागी फिल्मकर्मीले मेयर बालेन्द्रले यसअघि प्रतिबद्धता जनाएअनुसार मनोरञ्जन करमा २ प्रतिशत छुट दिनुपर्ने, प्रचारप्रसारका लागि डिजिटल बोर्डमा सघाउनुपर्ने र विद्यमान कल्याणकारी कोषको रकम वृद्धि गर्नुपर्ने माग राखे । मेयरलाई भेट्न पुगेका फिल्मकर्मीले पाँच बुँदे माग नै राखेका छन् । ‘मेयर बालेन्द्र ज्युले आफ्नो महानगर अन्तर्गत पर्ने कार्यहरूलाई सम्पादन गर्छु भन्नु भएको छ । साथै , उहाँले सहजीकरण गर्ने प्रतिवद्धता पनि जाहेर गर्नु भएको छ’ कलाकार निर्मल शर्माले बताए । साथै, अभिनेत्री वसुन्धरा भुसालको नेतृत्वमा चलचित्र विकास बोर्डमा रहेको चलचित्रकर्मी कल्याण कोषमा रकम वृद्धि गर्न सघाउन माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, १५ : २७
लेखकबाट थप