चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

सफल खबर संवाददाता

आइतबार, २६ असार २०७९, १६ : ४८
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।आइतबार बिहान चार दिने भ्रमणका लागि नेपाल आएका लिउ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

अहिले बालुवाटारमा दुईबीच कुराकानी भइरहेको बताइएको छ । प्रधानमन्त्री देउवासँग भेटघाटपश्चात् लिउ परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने छन् । सोमबार बिहान लिउ सुन्दरीजल क्षेत्रको भ्रमणमा निस्कने कार्यक्रम रहेको छ । सुन्दरीजलको भ्रमणलगत्तै लिउ ओलीलाई बालकोटमा जाने छन् ।

यससँगै लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस