ललितपुर महानगर प्रमुखलाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, २४ असार २०७९, २१ : ३६
ललितपुर महानगर प्रमुखलाई कोरोना संक्रमण

ललितपुर  । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ।

शुक्रबार परीक्षणका क्रममा उनलाई सङ्क्रमण भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिए।

उनका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्यलाभ लिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस