पोखराका निवर्तमान मेयरले सार्वजनिक जग्गा निजी क्षेत्रलाई भाडामा दिएको खुलासा

सफल खबर संवाददाता

विहीबार, २३ असार २०७९, २० : ०९
पोखराका निवर्तमान मेयरले सार्वजनिक जग्गा निजी क्षेत्रलाई भाडामा दिएको खुलासा

कास्की । पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले कार्यकाल सकिनु २ दिन अगाडि मात्रै पोखरा पर्यटन बसपार्क र गल्फकोर्ससहित ३ ठाउँको जमीन निजी क्षेत्रलाई भाडामा दिएको खुलासा भएको छ ।

पोखरा उपत्यका नगर विकास समितिको नाममा रहेको पोखरा–९ स्थित यातायात कार्यालय पछाडि, पर्यटन बसपार्क र गल्फकोर्सको गरी तीन ठाउँको जग्गा निजी क्षेत्रलाई भाडामा दिने सम्झौता भएको खुलासा भएको हो ।

पोखरा पर्यटन बसपार्क नीति कम्पनीलाई भाडा दिने सम्झौता भएको बाहिर आएसँगै पोखराका पर्यटन व्यवसायीहरुले पोखरा महानगरलाई तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समितिका अध्यक्ष सुनिल पाण्डेको टोलीले पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यलाई सार्वजनिक जग्गा निजी कम्पनीलाई भाडामा दिने सम्झौताको खारेजीको माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग बोल्दै पोखरा महानगरपालिका मेयर आर्चायले कुनै प्रक्रिया नपुगेको र सबैले जानकारी दिएकाले उपत्यका नगर विकास समिति बैठक बसेर प्रक्रिया पुगे÷नपुगेको बारे छानबिन गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको बताए ।

उनले कागजात जम्मा गर्ने प्रक्रियामा नै रहेकाले समितिको पूर्ण बैठक बसेर थप आवश्यक कारबाही गर्ने बताए । मेयर आचार्यले कानूनी प्रक्रिया पूरा भए÷नभएको छानबिनको रिपोर्ट आएपश्चात आवश्यक प्रक्रिया अगाडि बढाउने बताए । उनले सम्झौता गर्नुअघि समितिको बैठकसमेत बसेको देखिन आएको बताए ।

प्रतिक्रिया दिनुहोस