मालीका २२ आप्रवासीको निधन

एजेन्सी

बुधबार, २२ असार २०७९, १५ : ३०
मालीका २२ आप्रवासीको निधन

काठमाडौं। लिबियाको समुद्री तटमा भएका डु‌ंगा दुर्घटनाहरूमा मालीका कम्तिमा २२ जना आप्रवासी मृत्यु भइसकेको छ  ।  सो दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूमा तीन जना बालबालिकासमेत रहेका जनाइएको छ । 

उनीहरूको गत जुनको २२ तारिखदेखि आजसम्ममा भएका दुर्घटनामा परेर मृत्यु भएको हो । मालीका आप्रवासीहरू लिबियाबाट फिर्ता गर्ने क्रममा उनीहरूको निधन भएको हो ।केही महिनायतादेखि आप्रवासीसम्बन्धी राष्ट्रसंघीय निकायको सहयोगमा लिबियामा रहेका मालीका नागरिकहरूलाई स्वदेश फर्काउन थालिएको छ ।

यसरी उद्धार गरी मालीका नागरिकलाई स्वदेश पठाउने क्रममा उनीहरू र अन्य देशका पनि कतिपय नागरिकहरूको दुर्घटनामा परेर ज्यान जाने गरेको बताइएको छ ।यही समुद्री तटमा भएका उद्धारका कार्यमा कम्तीमा पनि ६१ जनाको भने सकुशल उद्धार भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस