भरतपुरमा आजदेखि रोजगार मेला सुरु, उपप्रमुख अधिकारीद्धारा उद्घाटन

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, १४ : ५०
भरतपुरमा आजदेखि रोजगार मेला सुरु, उपप्रमुख अधिकारीद्धारा उद्घाटन

चितवन । चितवनको भरतपुरमा रोजगार मेला सुरु भएको छ । चितवन उद्योग संघको परिसरमा रहेको प्रर्दशनी केन्द्रमा सुरु भएको मेलाको बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरे ।

मेलाको उद्घाटन सत्र कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले भरतपुर महागनरपालिकाकले नीति तथा कार्यक्रममा उत्पादनलाई जोड दिए अनुरुप रोजगारी सिर्जना गर्न यो मेला लगाइएको बताए । उपप्रमुख अधिकारीले महानगरमा उत्पादन वृद्धि गर्न दक्ष जनशक्तिकाको आवश्यकता पर्ने भएकाले यसको परीपूर्ती गर्नतर्फ स्थानीय सरकारहरु अगाडि बढेको उल्लेख गरे। अधिकारीले अहिले भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाबीच रोजगारी सिर्जना गर्ने बारे सहकार्य गरे जस्तै अन्य कार्यहरुमा पनि सहकार्य गरेर समग्र चितवनको विकासमा जुट्ने विचार व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीले महानगरले मेला लिइएको तथ्याडकलाई अनलाईनमार्फत एप्समा राखिने र रोजगार गर्न चाहाने र दिन चाहानेलाई सहजीकरण गरिने बताए । उनले सीप अनुसारको रोजगारी दिदाँ कार्य सम्पादन र कामको नतिजा निकाल्ने सकिने भएकाले क्षेत्रगत हिसाबमा तथ्याडक संकलनको कार्य प्रभावकारी रहने बताए । बुधबारदेखि सुरु भएको मेला भोलि बिहीबारसम्म चल्नेछ । मेलामा ५० वटा स्टलहरु रहेका छन् । मेला अवधिभर करिब २०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको छ । 

भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाको संयुक्त आयोजना भएको मेलामा जिल्लाका निजी क्षेत्रको स्टलहरु रहेका छन् । मेला्को मूख्य उद्देश्य रोजगारी दिने र लिन चाहानेलाई एउटै ठाँउमा भेट गराउनु हो । स्थानीय सरकारको आयोजना पहिलो पटक गरिएको रोजगार मेलामा बेरोजगारहरुको उल्लेख्य सहभागिता पाइएको छ । विषेश गरेर मेलामा न्युन र मध्यम रोजगारको लागि परामर्श एवम् सहजिकरण गर्ने गरिएको छ । मेलामा सहभागिहरुलाई  सीप सिक्दा उपयुक्त विषय छनोटबारे विज्ञहरुबाट परामर्श दिएको महानगर शैक्षिक महाशाखा प्रमुख महेन्द्र प्रसाद पौडेलले जानकारी दिए । मेलामा तालीमबारे परामर्श दिन १ दर्जन संघसंस्थाले सहजीकरण गरेकाक छन् । युवाहरुमा देखिएको बेरोजगारीको समस्यामा यसले अर्थपूर्ण भूमिका खेल्ने र आवश्यक कामदार सहजरुपमा उपलब्ध गराउने गरी तथ्याडक संकलन गरिएको पौडेलले जानकारी दिए । 

व्यवसायिक प्रतिष्ठानले पनि यही मेलाबाट आफुलाई आवश्यक पर्ने कामदार सहजरुपमा छनोट गर्न सक्ने व्यवस्था मिलाइएको छ । भरतपुर महानगरले आगामी नीति तथा कार्यक्रममा मेलामा उपलब्ध हुने तथ्याडकका आधारमा विभिन्न कार्यक्रमहरु समावेश गर्ने लक्ष्य पनि लिएको छ ।

प्रतिक्रिया दिनुहोस