क्यानडाको संग्रहालयले माग्यो माफी

एजेन्सी

बुधबार, २२ असार २०७९, १२ : १४
क्यानडाको संग्रहालयले माग्यो माफी

क्यानडाको टोरन्टोमा रहेको आगा खान संग्रहालयले हिन्दू देवीदेवताको गलत चित्र प्रस्तुत गरेकोमा माफी मागेको छ । 

यस कार्यबाट हिन्दू समुदायमा पुगेको चोटका लागि गहिरो पश्चात्ताप व्यक्त गरिएको भनी संग्रहालयले विज्ञप्ति जारी गरेको छ ।टोरन्टो मेट्रोपोलिटन विश्वविद्यालयले विविध जातीय तथा सांस्कृतिक पृष्ठभूमिका विद्यार्थीहरूको श्रव्यदृश्यात्मक कामलाई एकै ठाउँमा ल्याएर प्रदर्शन गरेको जानकारी दियो । 

१८ मध्ये एउटा छोटो भिडियो र त्यसको बारेमा गरिएको सामाजिक सञ्जाल पोस्टले हिन्दू समुदायको भावनामा चोट पुगेको संग्रहालयको भनाइ छ । उक्त भिडियोमा काली मातालाई चुरोट तानिरहेको देखाइएको थियो । लीना मणिमेकलाइ नामक महिलाले उक्त भिडियो बनाएकी थिइन् । हिन्दू देवीको गलत चित्रण गरी हिन्दूहरूको धार्मिक भावनामा चोट लगाएको भन्दै उनको चर्को आलोचना गरिएको छ । 

भारतको मदुरैमा जन्मेर टोरन्टोमा बसिरहेकी लीनाले काली मातालाई आधुनिक वस्त्र लगाएर चुरोट तानेको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । पृष्ठभूमिमा तेस्रो लिंगी समुदायको झण्डा पनि देखिन्छ । 

भारत सरकारले क्यानडा सरकारसमक्ष यसमा आपत्ति समेत जनाएको थियो । 

प्रतिक्रिया दिनुहोस