लुहान्स्क क्षेत्रको बाँकी शहर लिसिचान्स्क पनि रुसले कब्जा गर्दै

एजेन्सी

आइतबार, १९ असार २०७९, १७ : ०१
लुहान्स्क क्षेत्रको बाँकी शहर लिसिचान्स्क पनि रुसले कब्जा गर्दै

किभ । लुहान्स्क क्षेत्रको एक मात्र बाँकी शहर लिसिचान्स्क पनि रुसी सेनाले नियन्त्रण गर्न सक्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले स्वीकारेका छन् । 

राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले  रूसी सेनाहरूले अन्ततः सिभरस्की दोनेत्स्क नदी पार गरिसकेका र उत्तरबाट लिसिचान्स्कमा पुगेका छन् ।

यसैबीच, रुसको बेलगोरोड सहरमा भएका विभिन्न विस्फोटमा कम्तीमा तीन जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस