दाङ । दाङको घोराहीमा सवारी दुर्घटना हुदा दुुई जनाको मृत्यु भएको छ । अन्य दुुई जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय गंगा बहादुर कवर र साईकलयात्री सोही वडाका १६ वर्षिय रितेश केसी रहेका छन ।
उनीहरु दुबैको उपचारको क्रममा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बेलुकी पौने ९ बजेतिर सौडियारबाट घोराही तर्फ आउदै गरेको रा ३ प २९२२ मोटरसाईकलले घोराही ७ बेसाही नजिक २ वटा साईकललाई ठक्कर दिँदा दुुई जनाको मृत्यु भएको हो भने अन्य दुुई जना घाईते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।
घाईते हुनेमा मोटरसाईकलमा सवार घोराही उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३८ वर्षिय बसन्त चौधरी र अर्का साईकलयात्री सोही ठाउँका १५ वर्षिय बिनोद भण्डारी रहेको छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु