फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, २१ : २१
फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा

काठमाडौंँ । फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा भएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भुमिकामा अभिनय रहने फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका निर्देशन सुदर्शन थापाले गर्दैछन् ।

फिल्म २०७५ सालमा प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेलको रूपमा बन्न लागेको हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेलमा भने निर्देशक फेरिएका छन् । सुशील पौडेलको लेखन रहेको फिल्ममा केशव पाण्डे र सुभाष थापा निर्माता हुन् ।

निर्देशक थापाले ‘प्रसाद’को मर्म र मुल्यलाई मर्न नदिने गरि यसको सिक्वेल बनाउने बताए । अभिनेता कार्की र अभिनेत्री श्रेष्ठले ‘प्रसाद’ मा निभाउन पाएको क्रमशः बाबुराम र नारायणीको पात्रलाई पुनः निरन्तरता दिन पाउँदा उत्साहित रहेको भन्दै दर्शकलाई निराश नबनाउने बताए ।

फिल्मबाट ‘प्रसाद’मा मुख्य भुमिका निर्वाह गरेका अभिनेता निश्चल बस्नेत बाहिरिँदा अभिनेता अर्पण थापाको प्रवेश भएको छ । 
फिल्ममा विपिन, नम्रता, अर्पणको अलवा राज कटुवाल, कमलमणी नेपाल, प्रकाश घिमिरे, रश्मी पाण्डे, गीता अधिकारी लगायतको अभिनय रहनेछ । यसै साताबाट फ्लोरमा जाने फिल्म कास्की जिल्लामा खिचिनेछ ।

प्रतिक्रिया दिनुहोस