काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सिट संख्या बढाउन गठबन्धन आवश्यक भएको निष्कर्ष निकालेको छ ।
उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले तयार पारेको प्रतिवेदनअनुसार स्थानीय चुनावमा गठबन्धनले कार्यकर्ता र उम्मेदवार स्वयंलाई मानसिक रुपमा बलियो बनाएको थियो ।
यद्यपि केन्द्रमा भएको सहमतिलाई स्थानीय तहमा स्वभाविक रुपमा स्वीकार गर्न नसकेको, सहयोगको भावना नभएको, प्रमुख र उपप्रमुखमा तालमेल बन्दै गर्दा वडा तहमा सहमति नहुने जस्ता समस्याहरु देखिएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
सैद्धान्तिक मतभेद भएको पार्टीका चुनाव चिह्नमा मत दिन पार्टी कार्यकर्ता मात्र नभई शुभेच्छुकलाई समेत गाह्रो भएको र रुख चिह्नबाहेक अरुमा मतदान गराउनु घातक हुनसक्ने जनमत पनि देखिएको प्रतिवेदनमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १६ : २९
लेखकबाट थप