काठमाडौँ । त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले १६ लाख रुपैयाँ लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो।
नगरपालिकाले नगर क्षेत्रका बिरामीलाई अस्पतालमा पुर्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने जनाएको छ।
पालिकाले सञ्चालनमा ल्याएको निःशुल्क एम्बुलेन्स सेवाको नगरप्रमुख जनचन्द्र रोकाया, जिल्ला समन्वय प्रमुख श्यामबहादुर रोकाया, जिल्ला अदालतका न्यायाधीश केशवराज चपाई र प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले संयुक्त रूपमा बुधबार उद्घाटन गरेका हुन्।
नगरपालिकाका प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलका अनुसार ठूलीभेरीमा नवनिर्मित बेलिब्रिज पुलमा एम्बुलेन्स गुडाएर उद्घाटन गरिएको थियो। नगरप्रमुख रोकायाले आफ्नाे पालिकासहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताए।
त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलिब्रिज पनि सञ्चालनमा आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १५ : ३१
लेखकबाट थप