निर्वाचनमा उत्कृष्ट काम गर्ने प्रहरी सम्मानित

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १५ : ०५
निर्वाचनमा उत्कृष्ट काम गर्ने प्रहरी सम्मानित

काठमाडौँ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन शान्त पूर्वक सम्पन्न गराउन उत्कृष्ट कार्य गर्ने काठमाडौंका प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् । 

स्थानीय तह निर्वाचन २०७९ सुरक्षा चुनौती, विश्लेषण गरी विस्तृत सुरक्षा योजना तयार गरेको र जनशक्ति परिचालन, व्यवस्थापन र अनुगमनमा कुशल र व्यवसायिक क्षमता प्रदर्शन गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । उपत्यकाको निर्वाचनलाई पूर्ण रुपमा शान्त पार्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारीहरूलाई बिहीवार प्रहरी वरिष्ठ उपरीक्षक दुर्गा सिंहले सम्मान गरे । उनीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको छ । 

सम्मानित हुने प्रहरी कर्मचारीहरूमा प्रहरी नायव उपरीक्षक दिनेश घिमिरे, प्रहरी निरीक्षक रामकुमार लामिछाने, प्रहरी नायव निरीक्षक सुनिल पनेरु, प्रहरी सहायक निरीक्षक नविन्द्रदीप थापा, प्रहरी वरिष्ठ हवल्दार कमल कुँवर, प्रहरी जवान जनकराज शर्मा, प्रहरी जवान महेश दत्त वडु, प्रहरी जवान सजनी क्षेत्री र प्रहरी जवान सारङगा खड्का रहेका छन् । 

प्रतिक्रिया दिनुहोस