काठमाडौं । भक्तपुरमा घरबाट ११ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने पाँचथर थाङवरक गाउँपालिका–४ घर भएका ३५ वर्षीय ज्ञानबहादुर दाहालको कोठाबाट ११ लाख रुपैयाँ बराबरको विभिन्न सुनका गहना चोरी भएको हो ।
उनको कोठामा कोही नभएको अवस्थामा ढोकाको ताला फोडी दराजबाट सुनका विभिन्न गहना चोरी गरेको पाइएको छ ।प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ असार २०७९, १४ : ५३
लेखकबाट थप