खुमन र शान्तीश्रीको स्वरमा आयो तीज गीत 'थरी थरी भोले

सफल खबर संवाददाता

विहीबार, १६ असार २०७९, १४ : ३३
खुमन र शान्तीश्रीको स्वरमा आयो तीज गीत 'थरी थरी भोले

काठमाडौँ । तीज आउन करिब दुई महिना बाँकी छ। तर बजारमा तीजलक्षित गीतसंगीत भने आउन थालिसकेका छन्। चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तीज गीत 'थरी थरी भोले’ ल्याएका छन्। जसमा गोपाल जिएम, नरेश खाती, रूपी सिन्जाली र प्रेमा रानाको सार्वजनिक समूह गायन रहेको छ।

लोक तथा डान्सिङ शैलीमा तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन्। गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ। गीतको निकै आकर्षक भिडियो बनेको छ। भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्कालगायतको अभिनय छ। थुप्रै कोरस प्रयोग गरेर
बनाइएको भिडियोको निर्देशन गायत्री थापाले गरेकी हुन्।

जेरी भण्डारीको छायांकन रहेको भिडियोका सम्पादन नवीन घर्ती मगरले गरेका हुन्। लोक, आधुनिकलगायत धेरै गीतमा शब्द तथा स्वर भन्दै आएकी गायिका गायत्री पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा पनि देखिँदै आएकी छन्।

'थरी थरी भोले’ गीत निर्देशक गायिकाले आफ्नै ‘शिवर्दन’ फिल्मबाट निर्माण तथा सार्वजनिक गरेकी हुन्। गीत तथा भिडियो निकै राम्रो बनेकाले दर्शक/श्रोताले मन पराउने विश्वास राखेको निर्देशक गायत्रीले बताइन्।

प्रतिक्रिया दिनुहोस