काठमाडौं । नेकपा एमालेका सांसद डा भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरीत् रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन ।
बुधबार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै सांसद रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन ।
सांसद रावलले समितिले अमेरिकी सरकारसँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौताबारे जानकारी गराउन निर्देशन दिए पनि मन्त्रिपरिषद् निर्णय भएको भनि पत्र पठाएर रक्षा मन्त्रालयले समितिकै अवज्ञा गरेको बताए।
सांसद रावलले कानूनी र प्रशासनिक दृष्टिकोणबाट पठाइएको पत्र समितिको निर्देशन विपरीतको भएको दाबी गरे ।‘यो समिति नेपाली जनताबाट निर्वाचित दुवै सदनको संयुक्त समिति हो, आफैँमा यसको गरिमा, प्रभाव र अधिकारको क्षेत्रको बारेमा सबै नेपाल सरकारका निकायहरुलाई राम्रो जानकारी हुनुपर्ने हो,’ उनले भने, ‘तर, रक्षा मन्त्रालयबाट २०७९ असार १३ गतेको जुन यो पत्र हामीले सुन्यौं, यो समितिको निर्देशन विपरीतको पत्र हो, कानूनी र प्रशासनिक दृष्टिकोणबाट पनि ।’
समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकारसँग माग गरे पनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रिपरिषद्को निर्णय नपठाइ विना अर्थको पत्र समितिमा पठाएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हेलिकप्टरमा भाग्ने, जनता धम्क्याउने केपी ओलीहरूबाट सचेत हुनुस् : भीम रावल
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छ : भीम रावल
जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्ग फराकिलो बनाउन लाग्छौँ : भीम रावल
भीम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने
भीम रावलले भोलि नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्दै
भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान नेकपामा समाहित हुँदै