निजगढ विमानस्थलबारे न्यायाधीशहरुको राय बाझियो, के छ फैसलामा ? [पूर्णपाठ]

सफल खबर संवाददाता

बुधबार, १५ असार २०७९, १९ : ०८
निजगढ विमानस्थलबारे न्यायाधीशहरुको राय बाझियो, के छ फैसलामा ? [पूर्णपाठ]

काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्ने गरी सर्वोच्च अदालतले गत जेठ १२ गते दिएको फैसलाको पूर्णपाठ प्रकाशित भएको छ।

प्रकाशित आदेशमाथि न्यायाधीशहरुको राय बाझिएको छ । तीनजना न्यायाधीशले विकल्प खोज्न भनेका छन् भने दुईजनाले  निजगढमै विमानस्थल बनाउन सकिने र उपयुक्त विकल्प खोज्नुपर्ने राय दिएका छन् ।

तीन न्यायाधीशहरु ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउत विकल्प खोज्नुपर्ने पक्षमा छन् भने न्यायाधीशहरु हरिकृष्ण कार्की र मनोज शर्माले सोही स्थानमा विमानस्थल बनाउन सकिने राय दिएका छन् ।

सर्वोच्चले वातावरणीय र जैविक विविधतामा कम क्षति हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस